News Portal

  • मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    ३२ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्यभर सामान ढुवानी सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।

    सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यहरूले ढुवानी व्यवसायका लागि आवश्यक ब्रान्डका गाडी खरिद गर्न तथा व्यवसाय सञ्चालनका लागि आवश्यक व्यावसायिक कर्जा मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा प्राप्त गर्न सक्नेछन्।

    यस सहकार्यबाट ढुवानी व्यवसायीहरूले आफ्नो सेवा विस्तारका लागि सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्