News Portal

  • नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ५५१ पटक
    ३० माघ, २०७७

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
    कम्पनीले गत आवको सोही अवधिमा ३ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले बढी हो ।
    दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब २४ करोड रुपैयाँ र जीवन बीमा कोषमा ३८ अर्ब १ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड लाख रुपैयाँ रहेको थियो ।
    दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा ९ लाख ३ हजार ९ सय ६० वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ४० करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।
    चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ० दशमलव २६ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको हकमा नाफा लेखापरीक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

    प्रतिकृया दिनुहोस्