News Portal

  • गुराँस लाइफको खुद बीमा शुल्क आर्जन १२० प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ८१५ पटक
    ३० माघ, २०७७

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
    कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले खुद बीमा शुल्क ९५ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ सय २० प्रतिशतले बढी हो । १ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ४९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ९ करोड ३२ करोड ३६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
    समीक्षा अवधिमा कम्पनीले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीले ३० करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी बढेकोे छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवथ १ सय २८ रुपैयाँ २९ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्