News Portal

  • एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्नसक्ने

    आर्थीकसंसार संवाददाता२९ माघ, २०७७
    ८३६ पटक
    २९ माघ, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । बैंकले ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ल्याएको हो ।
    ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त आइसर्भ भित्र कार्ड सर्भिसमा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खातासम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरेपश्चात तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात बैंकले ग्राहकरूलाई एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्