News Portal

  • बैंक अफ काठमाण्डूले गहना खरिदमा किस्ताबन्दी सेवा

    आर्थीकसंसार संवाददाता२९ माघ, २०७७
    ५६० पटक
    २९ माघ, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको छ । बैंकले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकलाई गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको हो । यस इएमआई सुविधामा ग्राहकले ४० हजारदेखि ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् ।
    साथै यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्नुको साथै १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ ।
    बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्