काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो ।
यसअघि माछापुच्छ«े बैंकको सीईओका रुपमा काम गरिसकेका शर्माले बुधबार नै सनराइज बैंकको सीईओका रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि नियुक्त गरेको हो ।
बैंकका निवर्तमान सीईओ जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै उनी बैंकका सीईओका रुपमा भित्रिएका हुन् । पौडेलको सञ्चालकसँगको लफडाका कारण पौडेलले मंगलबार राजीनामा दिएको बुझिएको छ । शर्मासँग यसअघि ग्लोबल आईएमइ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंकलगायतका संस्थामा काम गरेको अनुभव छ । बैंक वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव भएका शर्मा कुशल व्यवस्थापकका रुपमा मात्र होइन कर्जा व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रुपमा परिचित छन् ।
एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् ।
सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त
आर्थीकसंसार संवाददाता२८ माघ, २०७७
२८ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने