News Portal

  • ‘मेगा रेमीट’ जोर्डनबाट सेवा सुरु

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७७
    ५११ पटक
    २७ माघ, २०७७

    काठमाडौं । मेगा बैंक नेपालले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ ।
    जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।
    अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्