News Portal

  • गरिमा विकास बैंक लिमिटेड बगर शाखामा लकर सुविधाको उद्घाटन !

    आर्थीकसंसार संवाददाता
    ४५३ पटक

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई दिइरहेको बैकिंङ्ग सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं १ वगरस्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधाको आईतबारको दिनबाट सञ्चालन गरेको छ ।
    बैंकद्वारा आयोजित उक्त कार्यक्रमको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गर्नुभएको छ । साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गरिमा विकास बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा परिधिमा बसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म आफ्नो शाखा विस्तार गरी हाल नेपाल अधिराज्यभर बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट सेवा प्रदान गरिरहेको र निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने क्रममा बैंक रहेको अवगत गराउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्