News Portal

  • बिओकेका ग्राहकले डेल्वा रिसोर्टमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७७
    ४५१ पटक
    २६ माघ, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)का ग्राहलके डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले कम्पनीकोे डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा सो मात्राको छुट पाउने भएका हुन् ।
    सोसम्बन्धी दुई संस्थाबीच सम्झौता सम्पन्न भएको छ । यससँगै सम्झौतापश्चात ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउने छन् ।
    डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्