News Portal

  • जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा मास्के नियुक्त

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७७
    ७७३ पटक
    २५ माघ, २०७७

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई कामु महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    कम्पनीको सहायक महाप्रबन्धकको पदमा कार्यरत मास्केले अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस्