News Portal

  • ग्लोबल आईएमई बैंक र एससीटीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७७
    ५६१ पटक
    २३ माघ, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)बीच औपचारिक सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसनस् मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
    एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई वर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ्ग, ई–बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यिुआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् । यसबाट बैंकका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो, छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुँच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकको बीच सञ्चालनमा ल्याउने छ ।
    परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्यबमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।

    प्रतिकृया दिनुहोस्