News Portal

  • नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल धरौटीमा रिहा

    आर्थीकसंसार संवाददाता१३ साउन, २०८३
    १३ पटक
    १३ साउन, २०८३

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल धरौटीमा रिहा भएका छन् ।

    विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले धरौटीमा छोड्ने आदेश जारी गरेको हो ।

    रिमाल २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

    सम्पत्ति शुद्धिकरण मुद्दामा गत साउन ७ गते पक्राउ परेका रिमाललाई मंगलबार थुनछेक बहसका लागि उपस्थित गराइएको थियो ।

     

    प्रतिकृया दिनुहोस्