News Portal

  • लिबर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

    आर्थीकसंसार संवाददाता३० असार, २०८३
    १५ पटक
    ३० असार, २०८३

    काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

    प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा मंगलबार आयोजित कार्यक्रममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष पुण्यप्रसाद पराजुली तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिकी नवनियुक्त अध्यक्ष बेगम केसी लाई अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

    शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा दुवै माइक्रो इन्स्योरेन्स कम्पनीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    शपथसँगै दुवै नवनियुक्त अध्यक्षले सम्बन्धित कम्पनीको सञ्चालक समितिको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन् ।

    प्रतिकृया दिनुहोस्