२३ असार, २०८३काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ब्रेल शिक्षाका लागि कम्पनी र मैत्री समाज नेपालको सहकार्यमा शिक्षा सबैको अधिकार भन्ने मूल नारासहित दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कर्णाली प्रदेशको सुर्खेत जिल्ला, भेरीगंगा नगरपालिका–११ स्थित श्री शिखर माध्यमिक विद्यालय, रामघाटमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत २० जना दृष्टिविहीन विद्यार्थीलाई विद्यालय झोला, ब्रेल कपी तथा कम्प्युटरका लागि ऋएग् लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै आई।एम।ई। लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश प्रमुख जिबन कुमार धामीले शिक्षा सबैको मौलिक अधिकार भएकाले दृष्टिविहीन तथा फरक क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउनु सामाजिक दायित्व भएको बताए ।
उनले यस्ता कार्यक्रमले समावेशी शिक्षाको प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूको अध्ययनलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समुदायको आवश्यकता अनुरूप यस्ता सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
