News Portal

  • दाबी तथा चुक्ता भुक्तानी मूल्य रकम लिन आउन बीमितलाई नेसनल लाइफको आग्रह

    आर्थीकसंसार संवाददाता२३ असार, २०८३
    ७ पटक
    २३ असार, २०८३

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी तथा चुक्तानी भुक्तानी मूल्य रकम लिन आउन बीमितलाई आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीबाट जारी विभिन्न बीमा योजनाअन्तर्गत नियमानुसारको पूर्ण अवधि भुक्तानी दाबी, आंशिक दाबी भुक्तानी तथा चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमितलाई कम्पनीले लिन आउन आग्रह गरेको छ।

    यसका लागि बीमित वा हकवालाहरुले आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बीमालेखअनुसारको उक्त रकम यथाशीघ्र प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।
    प्रतिकृया दिनुहोस्