News Portal

  • केवाइसी अद्यावधिक गर्न बीमितहरुलाई रिलायबल नेपाल लाइफको आग्रह

    आर्थीकसंसार संवाददाता१५ असार, २०८३
    १३५ पटक
    १५ असार, २०८३

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमित ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले आज असार १५ गते एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

    कम्पनीले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुनी व्यवस्था बमोजिम विद्यमान बीमित ग्राहकहरुको ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने भएकाले ग्राहकहरुले आफ्नो राष्ट्रिय परिचयपत्र तथा हालसालै खिचिएको फोटो सहित आफ्नो नजिकको शाखा, उप शाखा कार्यालयमा उपस्थित भई ग्राहक पहिचान फाराम भरी अनिवार्य रुपमा अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको हो ।

    विभिन्न कारणवश कार्यालय उपस्थित हुन नसक्ने ग्राहकहरुले कम्पनीको वेभसाइटबाट ग्राहक पहिचान फाराम प्राप्त गरी कम्पनीको ग्राहक सेवा तथा संरक्षण विभागको इमेलमा आद्यावधिक ग्राहक पहिचान फाराम पठाई भर्न सकिने कम्पनीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्