News Portal

  • महालक्ष्मी लाईफको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    १५९८ पटक
    १८ माघ, २०७७

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न भएको छ । यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेचीदेखि महाकालीसम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १ सय ८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिकर्ताहरुको स्वागत गानपछि कार्यक्रम प्रारम्भ भएको थियो ।
    व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईले प्रेरणामुलक तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले स्वागत मन्तव्य र नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सहभागी अभिकर्ताको तर्फबाट बासुदेव त्रिपाठी, विमल सापकोटा ज्ञवाली, सरस्वती पन्थी, कुमारबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नियो डिजिटल प्रालिले अभिकर्ताको लागि अत्यन्त उपयोगी सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सीताराम धिमालले गरेको कुरा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीद्वारा विज्ञप्तीमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्