News Portal

  • मुक्तिनाथ बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    १७०८ पटक
    १८ माघ, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए ।
    उक्त सम्झौतापछि वीच्याट–पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । चीनमा निकै लोकप्रिय रहेको वीच्याट–पे मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीहरुले विभिन्न सामग्री तथा सेवा खरिदको लागि वीच्याट–पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।
    विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटर्वक अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था रहेको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

    प्रतिकृया दिनुहोस्