News Portal

  • एलआइसीले मृतक किशोरी लाल शाहको परिवारलाई दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७७
    १६२८ पटक
    १७ माघ, २०७७

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन ‘एलआसी’ले मृतक किशोरी लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखा कार्यालयले मृतकको छोरा राकेश कुमार गुप्तालाई चेकमार्फत भुक्तानी दिएको हो । शाखा प्रबन्धक शम्भु चौधरीले गुप्तालाई चेक हस्तान्तरण गरेका हुन् ।
    मृतक किशोरी लाल शाह कलबारले २०७१ असार १४ गते जीवन बीमा गरेकी थिइन् । उनले लाइफ इन्स्योरेन्स कर्पोरेसनमा जीवन आनन्द पोलिसी खरिद गरेकी थिइन् । कलबारको ब्रेन ह्याब्रेजका कारण मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्