News Portal

  • मन्त्रीहरूको वरीयताक्रम हेरफेर, सुधन पाँचौं र महावीर आठौं स्थानमा

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८३
    १५८ पटक
    २६ जेठ, २०८३

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा नयाँ कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरिएको हो ।

    नयाँ हेरफेरअनुसार प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफैसँग राखेको छ भने डा. स्वर्णिम वाग्लेलाई अर्थ, शिशिर खनाललाई परराष्ट्र, विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

    त्यस्तै, सुनिल लम्साल पूर्वाधार विकास, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला, महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन र सिता वादी महिला, बालवालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

    अन्य मन्त्रीहरूमा प्रतिभा रावल (भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन), निशा मेहता (स्वास्थ्य तथा खाद्य स्वच्छता), सस्मित पोखरेल (शिक्षा तथा खेलकुद), खडकराज पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), डा. विक्रम तिमिल्सिना (सूचना तथा सञ्चार), गिता चौधरी (कृषि, वन तथा पर्यावरण), गौरी कुमारी (उद्योग, वाणिज्य तथा आपूर्ति) र रामजी यादव (युवा, श्रम तथा रोजगार) रहेका छन् ।

    मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर लगत्तै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    null

     

    प्रतिकृया दिनुहोस्