News Portal

  • एनएमबिको ग्राहकले क्युआर कोडबाट तरकारी बजारमा कारोबार गर्नसक्ने

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    १८०६ पटक
    १६ माघ, २०७७

    काठमाडौं । एनएमबि बैंकको ग्राहकले क्युआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार गर्नसक्ने भएका छन् । बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्युआरमार्फत भुक्तानीको सुरुवात गरेको हो । शुक्रबार बैंकले एक कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उक्त सेवाको सुरु गरेका हुन् ।
    सो कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
    यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे ।
    बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्