News Portal

  • मेडिकल काउन्सिलको परिक्षामा वीरगञ्जको केडिया डेण्टल कलेजका सबै विद्यार्थी फेल

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०८३
    १३१ पटक
    १९ जेठ, २०८३

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको एमबीबीएस र बीडिएस तहको चिकित्सक लाइसेन्स परिक्षामा वीरगञ्जको एउटा शिक्षण अस्पताल निल गएको छ।  काउन्सिलले प्रकाशन गरेको नतिजा अनुसार, लाइसेन्स परिक्षामा एम बी केडिया डेण्टल शिक्षण कलेजबाट परिक्षामा सहभागि सबै १३ जना विद्यार्थी फेल (अनुतीर्ण) भएका हुन् ।

    काउन्सिलले चिकित्सक सेवाका लागि गत जेठ १२ देखि १५ गतेसम्म परिक्षा सञ्चालन गरेकोमा मंगलबार परिक्षाको नतिजा प्रकाशन गरेको हो ।

    काउन्सिलका अनुसार, वीरगन्जकै अर्को शिक्षण अस्पताल, नेशनल मेडिकल कलेजबाट लाइसेन्स परिक्षामा सहभागिमध्ये ४६ प्रतिशत विद्यार्थी फेल भएका छन् । काउन्सिलका अनुसार, मेडिकल कलेजबाट ८१ जना विद्यार्थीले परिक्षाको लागि आवेदन दर्ता गराएकोमा ८० जनाले परिक्षामा सहभागिता जनाएका थिए। परिक्षा दिएकामध्ये जम्मा ४४ जना उतीर्ण भएका छन् । परिक्षामा फेल बाँकी ३६ जनाले चिकित्सकको लाइसेन्स लिन पाएनन् ।

    काउन्सिलका अनुसार, यस वर्षको परिक्षामा सहभागिमध्ये एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नेपालमा हाल २० वटा मेडिकल कलेज र १४ वटा डेण्टल कलेज सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्