काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।
सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कायालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स लि. र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा चन्द्रागिरी हिल्सको तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले हालै मात्र स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर जारी गरी सेयर आवेदन गर्ने सबै नेपाली नागरिकलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिई आन्तरिक पर्यटनलाई प्रोत्साहन गरेको छ । जसको अधिकृत पुँजी २ अर्ब रुपैयाँ र जारी पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न कम्पनीले केबुलकार सञ्चालनमा ल्याई चन्द्रागिरीलाई एक उत्कृष्ट गन्तव्य स्थलको रुपमा परिचित गराएको छ भने भ्यु टावर र बुटिक होटेल पनि सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी, निकट भविष्यमा जिपलाइन परियोजनाअन्तर्गत विभिन्न शाहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
चन्द्रागिरी हिल्सको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
१६ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने