News Portal

  • सनराइज क्यापिटलको १०औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    ७७४ पटक
    १६ माघ, २०७७

    काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारणसभा काठमाडौंस्थित कम्पनीको कार्यालय कमलपोखरीमा आज सम्पन्न भएको छ ।
    सो वार्षिक साधारणसभाले आफ्नो शेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्डलगायत लगानी व्यवस्थापनको कार्यसमेत सक्रिय रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
    वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर सन्राइज बैकले खरिद गरेपश्चात हाल यो कम्पनी सन्राइज बैंकको पूर्ण संस्थापकत्वको सहायक कम्पनीको रुपमा सञ्चालित रहेको छ ।

    प्रतिकृया दिनुहोस्