News Portal

  • सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८३
    १० पटक
    ७ जेठ, २०८३

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा आज जेठ ६ गते सम्पन्न भएको छ । सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो ।

    सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको २ अर्ब १५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।

    सोही सभाले सातौँ वार्षिक साधारणसभाबाट पारित चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । अब आठौँ वार्षिक साधारणसभाबाट पारित बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीमा हकप्रद शेयरसहितको विवरण पुनरावलोकन गर्न सक्ने अधिकार तथा संशोधन प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख वा स्वीकृति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन तथा परिवर्तन गर्न र अन्य कार्यहरुसमेत गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

    प्रतिकृया दिनुहोस्