आर्थीकसंसार संवाददाता६ जेठ, २०८३
६ जेठ, २०८३काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् ।
स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि पाण्डेले पुनः बैंकको नियमित कार्य सम्हालेको बैंकले जनाएको छ ।
