News Portal

  • तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न, दाङ सब क्लस्टर विजेता

    आर्थीकसंसार संवाददाता४ जेठ, २०८३
    १८० पटक
    ४ जेठ, २०८३

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल चरण ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता घोषित भए भने इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता बने ।

    विजेता टोलीले जनही ६० हजार रुपैयाँ तथा उपविजेताले जनही ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० क्लस्टर तथा सब क्लस्टरका दुई–दुई जना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए ।

    कार्यक्रमका अवसरमा बैंकमा लामो समय सेवा गरेका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो ।

    विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के तथा रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्र बहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए ।

    हाल आम नागरिकको विश्वास र भरोसाका साथ बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा सेवा विस्तारलाई अझ तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्