आर्थीकसंसार संवाददाता४ जेठ, २०८३
४ जेठ, २०८३काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका ८ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले विभिन्न स्थानका ८ वटा शाखा कार्यालय (समायोजन (मर्ज) गरी बन्द गर्ने भएको हो ।
बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइनेछ । समायोजनपछि सम्बन्धित ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ । काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग समायोजन हुनेछ । त्यस्तै खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा, ठमेल शाखा दरबारमार्ग शाखामा गाभिनेछ ।
गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा र मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा समायोजन हुने बैंकले जनाएको छ ।
