News Portal

  • सिटिजन्स बैंकद्वारा ‘कर्पोरेट पे’ सुरु

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७७
    ७३८ पटक
    १४ माघ, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । यस प्रणालीअन्तर्गत बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
    ग्राहकहरुले उक्त डिजिटल प्लेयाट्फर्ममार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु पनि गर्न सकिने बैंकले जानकारी दिएको छ ।
    कर्पोरेट पेमा आवद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी साधारण आवेदनको स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी सो सेवा प्राप्त गर्न सक्नेछन् । यसपश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकमा उपस्थित नभई नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपश्चात प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनकोे सुरक्षित व्यवस्था गरिएको र कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने बैंकले जनाएको छ । साथै ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्