३० बैशाख, २०८३काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
२६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विशेष जगेडामा ३ अर्ब २९ करोड रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६० करोड रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ५० करोड रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा ३ अर्ब १५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ६९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ४७ करोड रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ९४ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले १६ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७८ करोड ६७ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८५ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो ।
यस समीक्षा अवधिमा कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३९ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा पनि घटेको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १०८ रुपैयाँ ३७ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६ हजार ५२४ रुपैयाँ १० पैसा रहेको छ ।
