News Portal

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सीईओ ज्योति पाण्डे पक्राउ

    आर्थीकसंसार संवाददाता३० बैशाख, २०८३
    ८ पटक
    ३० बैशाख, २०८३

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।

    सीईओ पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको सीआईबीले जनाएको छ। सीईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका कार्य गरेको कसुर देखिएको छ।

    सीआईबीका अनुसार पाण्डे मोबाइल स्विच अफ गरी फरार रहँदै आएका थिए। त्यही क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले राजमार्गमा सवारी चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्।

     

    प्रतिकृया दिनुहोस्