News Portal

  • सगरमाथा ईन्स्योरेन्सका कर्मचारीले सिद्वार्थ विजनेश गु्रपको होटलमा छुट पाउने

    आर्थीकसंसार संवाददाता११ माघ, २०७७
    ५७५ पटक
    ११ माघ, २०७७

    काठमाडौं । सगरमाथा ईन्स्योरेन्स कम्पनीमा बीमा गरी भीआइपी कार्ड लिएका बीमित, बीमितका परिवार, सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्वार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीकोमा छुट पाउने भएका छन् । ईन्स्योरेन्स कम्पनीका कर्मचारी र उनको परिवारहरुले सिद्वार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको सबै होटल, रिसोर्ट र क्याफेमा छुट पाउने भएका हुन् ।
    दुई कम्पनीबीच आइतबार छुटसम्बन्धी सम्झौता भएको हो । कम्पनीका कर्मचारीहरुले खानामा १० प्रतिशत छुट र बसाईमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा सिद्वार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको देशभर रहेको २१ वटा होटलमा पाइने कम्पनीले जनाएको छ । देशको आन्तरिक पर्यटन सेवामा टेवा पुर्याउने उद्देश्यले दुई संस्थाबीच यस्तो समझदारी गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्