News Portal

  • २७.९३ प्रतिशत बढ्यो मञ्जुश्री फाइनान्सको नाफा, वितरणयोग्य रकम साढे ३० करोड

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८३
    १० पटक
    ९ बैशाख, २०८३

    काठमाडौं । मञ्जुश्री फाइनान्सको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा २७.९३ प्रतिशत बढेर २१ करोड ८९ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले १७ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    चालु आवको चैत मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशत बढेर ६८ करोड ४७ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ६२ करोड ११ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    समीक्षा अवधिमा फाइनान्सको खुद शुल्क तथा कमिशन आम्दानी २.९५ प्रतिशत बढेर ९ करोड २ लाख ४५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशत बढेर ८० करोड ३ लाख १४ हजार रुपैयाँ र सञ्चालन नाफा १०.२९ प्रतिशत बढेर ३२ करोड ३३ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

    गत वर्षको चैत मसान्तसम्ममा फाइनान्सको खुद शुल्क तथा कमिशन आम्दानी ८ करोड ७६ लाख ६१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७२ करोड ६५ लाख ७५ हजार रुपैयाँ र सञ्चालन नाफा २९ करोड ३१ लाख ६० हजार रुपैयाँ थियो ।

    चालु आवको चैतसम्ममा फाइनान्सको वितरणयोग्य नाफा ३० करोड ५४ लाख ५८ हजार रुपैयाँ रहेको छ । १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ८० करोड ५५ लाख १७ हजारर रुपैयाँ रहेको छ ।

    चालु आवको चैत मसान्तसम्म फाइनान्सले २२ अर्ब ७३ करोड ८७ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड ४७ लाख ९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म फाइनान्सले २१ अर्ब ३ करोड ४६ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख ३० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    समीक्षा अवधिमा फाइनान्सको निक्षेप ८ प्रतिशत र कर्जा लगानी १२ प्रतिशत बढेको देखिन्छ । साथै चैत मसान्तमा फाइनान्सको कर्जा निक्षेप अनुपात ८४.९९ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा फाइनान्सले खराब कर्जा घटाएको छ । गत वर्षको चैतमा ४.२ प्रतिशत रहेको खराब कर्जा चालु आवको चैतमा ३.९९ प्रतिशतमा झारेको हो । फाइनान्सका अनुसार आधार दर ६.३८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ८.७५ प्रतिशत थियो ।

    फाइनान्सको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर २१.६० रुपैयाँ पुगेको छ । यस्तै, फाइनान्सको प्रतिसेयर नेटवर्थ १८२.२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३८.८४ गुणा छ ।

    प्रतिकृया दिनुहोस्