News Portal

  • हिमालयन बैंक र ईस्टर्न एजेन्सीबीच फाइनान्स सम्झौता

    आर्थीकसंसार संवाददाता९ माघ, २०७७
    ९०८ पटक
    ९ माघ, २०७७

    काठमाडौं । हिमालयन बैंक र बतास अर्गनाईजेशन अन्तर्गत रहेको ईष्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाह तथा ईस्टर्न एजेन्सीको तर्फबाट प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन् ।
    ईन्टर्न एजेन्सी प्रालि आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु विक्री गर्ने नेपालको आधिकारीक विक्रेता हो । आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने ब्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको छ, भने ग्राहकले सर्व सुलभ ब्याजदरमा अधिकतम ५ वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपाल अधिराज्यभरी रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेशनका प्रबन्ध सञ्चालक शान्तराज बतासले जानकारी दिए । साथै, आयसर ब्राण्डका सवारी साधन खरिद गर्न नेपालको पूर्वमा विर्तामोडदेखि पश्चिममा धनगढीसम्म २० भन्दा बढी शाखा तथा आधिकारीक विक्रेताहरु रहेका छन् । ग्राहकहरुले ईस्टर्न एजेन्सीको जुनसुकै शाखाहरुबाट सवारी साधन खरिद गर्दा पनि यो सुविधा प्राप्त गर्ने छन् । हाल नेपालमा आयसर ब्राण्डका करिव बीस हजार सवारी साधनहरु गुडीरहेका छन् भने सवारी साधनमा लाग्ने पार्टसहरुका लागि दुई सयभन्दा बढी पार्टसका बिक्रेताहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्