News Portal

  • कृषि विकास बैंकमार्फत सम्सारा रेमिटको सेवा देशभर विस्तार हुने

    आर्थीकसंसार संवाददाता३ चैत, २०८३
    १० पटक
    ३ चैत, २०८३

    काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशीको उपस्थिति रहेको थियो ।

    सम्झौताअनुसार विदेशबाट पठाइने रेमिट्यान्स रकम अब कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सम्सारा रेमिटबाट सहज रूपमा भुक्तानी गर्न सकिनेछ । यसबाट रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकले छिटो, सुरक्षित र भरपर्दो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

    रियल टाइम एपीआई प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जालसँगको सहकार्यले बैंकका ग्राहक तथा दुर्गम एवं ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसमुदायमा व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस्