News Portal

  • क्यूआर स्क्यानबाटै लिलाम सम्पत्तिको विवरण हेर्न मिल्ने, एनआईसी एशियाको सुविधा

    आर्थीकसंसार संवाददाता३ चैत, २०८३
    २२ पटक
    ३ चैत, २०८३

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्री गरिने सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण सहज रूपमा प्राप्त गर्न सकिने जनाएको छ । ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर लिलाममा रहेका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितका जानकारी प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार ग्राहकहरूले खरिद गर्न इच्छुक सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही विवरणमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था मिलाइएको छ ।

    बैंकले उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति, धितो सुरक्षणमा रहेका लिलाम बिक्रीयोग्य सम्पत्ति तथा लिलामसम्बन्धी अन्य सूचना प्रकाशित गर्दै जाने जनाएको छ । यसबाट खरिदकर्ताले बिक्रीमा रहेका सम्पत्तिको विस्तृत विवरण सहज रूपमा प्राप्त गरी लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ ।

    बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले पोर्टलले लिलाम प्रक्रिया थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्