News Portal

  • एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

    आर्थीकसंसार संवाददाता२ बैशाख, २०८३
    ८ पटक
    २ बैशाख, २०८३

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ ।

    परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– नारायणगढका रामकृष्ण काफ्लेले आमा घर सेवा आश्रमका संरक्षक विजय राज सिग्देललाई वैशाख २ गते एक कार्यक्रमका बीच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरे ।

    बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै वहाँहरुको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्