News Portal

  • प्रभु बैंकले रु. ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने, लाभांश दर कति ?

    आर्थीकसंसार संवाददाता३० चैत, २०८२
    ११ पटक
    ३० चैत, २०८२

    काठमाडौं । प्रभु बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ।

    बैंक सञ्चालक समितिको बैठकले विशेष साधारणसभा र नेपाल राष्ट्र बैंकलगायतका नियमनकारी निकायको स्वीकृतिमा अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइ अग्राधिकार शेयर जारी गर्नेछ।

    यो अग्राधिकार शेयरको वार्षिक लाभांश दर ८.५ प्रतिशत रहने बैंकले जनाएको छ। यो लाभांश बैंक नाफामा रहेको वर्षहरुमा मात्रै वितरण हुनेछ।

    प्रतिकृया दिनुहोस्