News Portal

  • दोस्रो बजारमा पाल्पा सिमेन्टको शेयर भोलिबाट कारोबारमा आउने

    आर्थीकसंसार संवाददाता२६ चैत, २०८२
    २५४ पटक
    २६ चैत, २०८२

    काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

    पाल्पा सिमेन्टको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर भोलि शुक्रबारबाट कारोबारमा आउने भएको हो। सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएपछि शेयर बजार शुक्रबार पनि कारोबारमा आउनेछ।

    नेप्सेमा पाल्पा सिमेन्टको कुल ३ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ७५ लाख कित्ता (२० प्रतिशत) र संस्थापकको ३ करोड कित्ता (८० प्रतिशत) रहेको छ।

    पहिलो कारोबारका लागि नेप्सेले पाल्पालाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले पीसीआईएल पाएको छ।

    भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

    पाल्पा सिमेन्टले गत फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने फागुन २९ गते गरिएको थियो।

    प्रतिकृया दिनुहोस्