News Portal

  • मर्चेण्ट बैंकिङ सेवामा प्रवेश गर्दै कामना सेवा विकास बैंक

    आर्थीकसंसार संवाददाता२६ चैत, २०८२
    १५ पटक
    २६ चैत, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सेवा सञ्चालन गर्ने उद्देश्यसहित आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीका रूपमा सञ्चालन गर्ने भएको छ ।

    बैंकका अनुसार कम्पनीलाई सहायक संस्थाका रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ । यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक शेयर खरिद–बिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भइसकेको थियो ।

    हाल आकाश क्यापिटल लिमिटेडको नाममा रहेको कम्पनी अब कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुनेछ । यस कदमबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजार विकासमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्