News Portal

  • प्रभु बैंक र फिस टेल लज पोखरासहित दुई होटलबीच छुट सम्झौता

    आर्थीकसंसार संवाददाता२५ चैत, २०८२
    १०३ पटक
    २५ चैत, २०८२

    पोखरा । लेकसाइड पोखरास्थित फिस टेल लज पोखरा तथा अन्नपूर्णा जगतपुर लज प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    बुधबार आयोजित कार्यक्रममा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट तथा फिस टेल लज पोखरा र अन्नपूर्णा जगतपुर लज प्रा.लि.का तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरेका हुन् ।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले उक्त लजहरूबाट उपलब्ध सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् । छुट सुविधा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकका अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    यस सहकार्यअन्तर्गत आवासतर्फ विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ ।

    प्रभु बैंकले देशभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्