News Portal

  • योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त, व्यवस्थापन र अर्थ नीतिमा अब्बल

    आर्थीकसंसार संवाददाता२४ चैत, २०८२
    २०४ पटक
    २४ चैत, २०८२

    काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई उपाध्यक्ष नियुक्त गरेको हो।

    भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनी गभर्नरका लागि अगाडि सारिएका थिए। तर तत्कालिन प्रधानमन्त्री केपी ओली बाधक हुँदा नियुक्त हुन सकेनन्।

    उनी अर्थमन्त्रालयका पूर्व आर्थिक सल्लाहकार पनि हुन्। व्यवस्थापन र अर्थशास्त्रका विद्यार्थी हुन्।

    प्रतिकृया दिनुहोस्