News Portal

  • हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त

    आर्थीकसंसार संवाददाता२३ चैत, २०८२
    १० पटक
    २३ चैत, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् ।

    कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट सदस्यमा चयन गर्दै अध्यक्षमा नियुक्त गरेको हो ।

    यसअघि हिमालयन लाइफको अध्यक्षमा सुलभ अग्रवाल रहेका थिए । अग्रवालले व्यक्तिगत कारण उल्लेख गर्दै चैत १९ गते अध्यक्षबाट राजीनामा दिएका थिए । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवाल प्रहरी हिरासतमा छन् ।

    प्रतिकृया दिनुहोस्