आर्थीकसंसार संवाददाता१६ चैत, २०८२
१६ चैत, २०८२काठमाडौं । सन नेपाल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
सीआईबीको टोलीले सोमबार ५१ वर्षीय अर्याललाई पुतलीसडकको न्यू प्लाजाबाट पक्राउ गरेको हो ।
‘सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको शेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण/कागजात पेश गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सो को प्रतिलिपिहरूको विवरण फरक फरक निकायमा पेश गर्दा फरक फरक देखिएको छ,’ सीआइबीले उल्लेख गरेको छ ।

