News Portal

  • चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न

    आर्थीकसंसार संवाददाता७ माघ, २०७७
    १३९५ पटक
    ७ माघ, २०७७

    काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै शुक्रबारसम्म आइपीओ बाँडफाँड गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ ।
    कम्पनीको आइपीओमा माग भन्दा १७ दशमलव ५३ बढीको आवेदन परेको छ । आईपीओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा गुणा बढी हो । कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।
    कम्पनीले सार्वजनिक निष्काशनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।
    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

    प्रतिकृया दिनुहोस्