आर्थीकसंसार संवाददाता११ चैत, २०८२
११ चैत, २०८२काठमाडौं । प्रभु इन्स्योरेन्सको ६ लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। हाललाई शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन ३५ दिनभित्र पेस गर्न सकिनेछ। निवेदन काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
