News Portal

  • गुडविल फाइनान्सको साधारण सभा चैत १० गते हुने

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०८२
    ४ पटक
    १८ फागुन, २०८२

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा विहान ११ बजे गुडविल कम्प्लेक्स, गुडविल फाइनान्स लिमिटेड, हात्तिसार, काठमाडौंमा गर्ने भएको हो ।

    सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन स्वीकृत गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१ /८२ को नाफ नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

    सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ।व। २०८२ /८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती, निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालक नियुक्तीको लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

    प्रतिकृया दिनुहोस्