News Portal

  • राष्ट्रिय खेलाडी साम्बाको उपचारका लागि रिलायबल नेपाल लाइफको सहयोग

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०८२
    ७ पटक
    १२ फागुन, २०८२

    काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट खेलाडी तथा राष्ट्रिय गौरवकी प्रतीक सावित्रा भन्डारी (साम्बा) को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्र सहयोग गरेको हो ।

    हाल गम्भीर घुँडाको चोटका कारण शल्यक्रिया तथा दीर्घकालीन उपचार आवश्यक परेको सन्दर्भमा उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले मानवीय संवेदना तथा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप उक्त सहयोग प्रदान गरेको हो ।

    सबित्रा भण्डारी (साम्बा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाउँदै भएकी छन् । नेपाली महिला फुटबलको पहिचान स्थापित गर्न तथा महिला खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन उहाँको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा उहाँप्रति ऐक्यबद्धता जनाउनु र आवश्यक सहयोग प्रदान गर्नु हाम्रो सामाजिक दायित्व भएको कम्पनीको विश्वास रहेको छ ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सामाजिक, मानवीय तथा खेलकुद प्रवर्द्धनसम्बन्धी कार्यहरूमा सधैं अग्रसर रहँदै आएको संस्था हो । आगामी दिनहरूमा पनि राष्ट्रहित तथा समाजमुखी पहलहरूमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता कम्पनीले पुनः व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्