११ फागुन, २०८२काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बागमती बनेपा रिजनले अर्धबार्षिक एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेलको होटल हिमालयन होराइजनमा सम्पन्न भएको हो ।
कम्पनीले बागमती प्रदेश अन्तर्गत बनेपा क्षेत्रका उत्कृष्ट व्यवसाय गरी लक्ष्य हासिल गर्न सफल एमडीआरटी तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बनेपा क्षेत्र अन्तर्गत शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरु १५० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम रिलायबल नेपाल लाइफ बागमती, बनेपाका रिजनल प्रमुख राजकुमार श्रेष्ठको अध्यक्षता तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीको प्रमुख आतिथ्यता तथा चिफ म्यानेजर युवराज शर्माको विशेष आतिथ्यता र बागमती प्रदेश अन्तर्गत बनेपा क्षेत्रका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा मोटिभेटर माधब शर्माले बीमा सम्बन्धि उत्प्रेरणामुलक जीवन उपयोगी विषयबस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी , चिफ म्यानेजर युवराज शर्मा र ले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी,सिनियर एजेन्सी म्यानेजर ,एजेन्सी म्यानेजर , हरुलाई सम्मान गरेका थिए।

