News Portal

  • थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    ६२७ पटक
    ५ माघ, २०७७

    काठमाडौं । थप ३ सय २२ जना कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार सोमबार ३ सय ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।
    त्यसैगरी काठमाडौं उपत्यकामा थप १ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय २२ जना कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्